नेपाल हेल्थ न्युुज, काठमाडौं । स्वास्थ्य मापदण्डको परिमार्जनको तयारीलाई अगाडि बढाउने क्रममा स्वास्थ्य मन्त्रालयले हालको मापदण्ड र निर्देशिकामा सुधार गर्ने निर्णय गरेको छ। मन्त्रालयले स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० मा आवश्यक परिवर्तन गर्न एक समिति गठन गरेको छ।
समितिको नेतृत्व मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले गर्दैहुनुहुन्छ। समितिमा डा. अनुप बास्तोला, रोशनी लक्ष्मी तुईतुई, डा. समीरकुमार अधिकारी र गोपीकृष्ण रेग्मी जस्ता विभिन्न पदाधिकारी सदस्यका रूपमा रहनुभएको छ।
सम्पूर्ण स्वास्थ्य संस्थाहरूको मापदण्डलाई अझ प्रभावकारी र समग्र बनाउनका लागि विशेष ध्यान दिइनेछ। यसमा आँखा अस्पताल, नाक(कान(घाँटी अस्पताल र न्युक्लियर मेडिसिन जस्ता स्वास्थ्य संस्थाहरूको मापदण्ड थप्न पनि योजना बनाइएको छ।
स्वास्थ्य मन्त्री पौडेलले अस्पताल सेवा सुधारका लागि विभिन्न निर्णय गर्नुभएको छ। डा. प्रकाश बुढाथोकीका अनुसार, मन्त्रालयले स्वास्थ्य संस्थाहरूको सेवा सुधार र प्रभावकारिता सुधार गर्नका लागि मापदण्डमा परिमार्जन गर्ने तयारी अघि बढाएको हो। महामारीपछिको स्वास्थ्य सेवामा भएको परिवर्तनलाई ध्यानमा राख्दै मापदण्डको परिमार्जन अत्यन्तै आवश्यक रहेको छ, जसका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
शुक्रबार, वैशाख ११, २०८३
१७ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख ११, २०८३
गण्डकीमा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना
शुक्रबार, वैशाख ११, २०८३


