काठमाडौं, वैशाख ३२ — निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले सन्ध्याकालीन सेवा सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै जेठ ४ गतेदेखि प्रत्येक दिन बेलुका ४ बजेदेखि ८ बजेसम्म सन्ध्याकालीन सेवा उपलब्ध हुने जानकारी दिएको हो।
अस्पतालबाट प्रदान गरिने सेवाप्रति निजामती कर्मचारीहरूको बढ्दो गुनासोका कारण अस्पताल विकास समितिको वैशाख २२ गते बसेको बोर्ड बैठकले सेवा विस्तार गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार सन्ध्याकालीन सेवा प्रारम्भ गर्न लागिएको हो।
अस्पताल प्रशासनले यो नयाँ सेवा सञ्चालनबाट दैनिक सेवाग्राहीहरूको चाप कम हुनुका साथै कार्यालय समयमा उपचारको पहुँच नपाउने कर्मचारीहरूलाई पनि राहत पुग्ने अपेक्षा गरेको छ।
सन्ध्याकालीन अवधिमा कुन-कुन सेवा उपलब्ध हुनेछन् भन्ने विस्तृत विवरण भने अस्पतालले निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
