नेपाल हेल्थ न्युज, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक वर्ष २०८०/८१ मा उल्लेखनीय उपलब्धि हात पार्दै शून्य बेरुजुको संस्था बन्न सफल भएको छ। प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. श्याम लम्सालका अनुसार, यो उपलब्धि प्रतिष्ठानको सेवा प्रवाहदेखि आर्थिक पारदर्शितासम्मको जिम्मेवारीपूर्वक सञ्चालनको प्रतिफल हो।
महालेखा परीक्षकको अडिट रिपोर्ट अनुसार, अघिल्ला वर्षहरूमा करोडौँ रुपैयाँ बेरुजु देखिँदै आएकोमा यस पटकको अडिटले कुनै बेरुजु नभएको पुष्टि गरेको छ। आर्थिक कारोबार दोब्बरले वृद्धि भए पनि एक रुपैयाँ पनि बेरुजु नदेखिनु प्रतिष्ठानले अपनाएको आर्थिक अनुशासन र विधिपालक कार्यप्रणालीको प्रमाण हो।
रजिष्ट्रार लम्सालले बताएअनुसार, प्रतिष्ठानले सबै खर्च र आम्दानी सम्बन्धी कार्यहरू लागू ऐन, नियमावली र प्रक्रिया अनुसार संचालन गर्दै आएको छ। यही कारणले यो किसिमको प्रशंसनीय परिणाम हासिल गर्न सम्भव भएको हो।
गत आर्थिक वर्षमा प्रतिष्ठानले ६६ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्यो भने ५६ करोड रुपैयाँ खर्च भएको थियो। शैक्षिक पक्षमा पनि उल्लेखनीय प्रगति भएको छ – नर्सिङ कार्यक्रममा ३० जना, बिएस्सिमा ४० जना र एमबिबिएसमा ५० जना विद्यार्थी अध्यनरत छन्। त्यस्तै, एमडी, एमएस, एम.एस्सी.नर्सिङ लगायतका ८ वटा विषयमा १५ वटा सिट प्राप्त गर्दै स्नातकोत्तर तहमा समेत गुणस्तरीय शिक्षा प्रदान गरिँदैछ।
यो सफलता नाफा र घाटामाथि मात्रै होइन, सार्वजनिक संस्थानमा सम्भव उत्कृष्ट व्यवस्थापन र पारदर्शिताको उदाहरणका रूपमा पनि हेरिएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
