नेपाल हेल्थ न्युज, काठमाडौँ आर्थिक वर्ष २०८०/८१ मा एक विद्यालय, एक नर्स कार्यक्रम देशभर १३८७ विद्यालयमा कार्यान्वयनमा आएको छ। यो जानकारी स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदनमार्फत सार्वजनिक गरिएको हो।
प्रतिवेदनअनुसार, कुल विद्यालयमध्ये २६० विद्यालयमा कार्यक्रम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको संयोजनमा सञ्चालन भएको छ, जुन कुल संख्याको करिब १९ प्रतिशत हो। बाँकी ११२७ विद्यालयमा भने यो कार्यक्रम प्रदेश सरकारको पहलमा कार्यान्वयनमा आएको छ। केही निजी शैक्षिक संस्थाहरूले पनि यो कार्यक्रमलाई अंगालेको प्रतिवेदनमा उल्लेख छ।
प्रदेशगत रुपमा हेर्दा, बागमती प्रदेशले सबैभन्दा धेरै ८६८ विद्यालयमा यो कार्यक्रम ल्याएको छ। त्यसपछिका प्रदेशहरूमा कार्यक्रमको कार्यान्वयन निम्नानुसार छः
- कोशी प्रदेशः १८० विद्यालय
- मधेश प्रदेशः ७६ विद्यालय
- गण्डकी प्रदेशः ८९ विद्यालय
- लुम्बिनी प्रदेशः ३६ विद्यालय
- कर्णाली प्रदेशः १०२ विद्यालय
- सुदूरपश्चिम प्रदेशः ३६ विद्यालय
‘एक विद्यालय, एक नर्स’ कार्यक्रमको सुरुवात २०७६/७७ मा बागमती प्रदेशबाट परीक्षणका रूपमा गरिएको थियो। यसको मुख्य उद्देश्य विद्यालयमा देखिने स्वास्थ्य समस्या समाधान गर्नुका साथै बालबालिकामार्फत अभिभावकमा समेत स्वास्थ्य सम्बन्धी चेतना फैलाउनु हो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
