नेपाल हेल्थ न्युज, काठमाडौँ । सुर्तीजन्य पदार्थको नियन्त्रणमा उल्लेखनीय पहल गरेको भन्दै विश्व स्वास्थ्य संगठन (WHO) ले नेपाल सरकारलाई विशेष अवार्ड प्रदान गरेको छ। सन् २०२५ को विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस को अवसर पारेर नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो।
जेनेभामा आयोजना गरिएको डब्लुएचओको ७९औं सभाको अवसरमा आयोजित कार्यक्रममा संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई सो सम्मान प्रदान गर्नुभएको थियो।
हरेक वर्ष विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्दै आएको छ। यस वर्ष नेपाललाई यो सम्मान दिइएकोमा संगठनले सरकारको नीति तथा कार्यान्वयनको प्रशंसा गरेको छ।
स्वास्थ्य मन्त्री पौडेलको नेतृत्वमा भएको एक प्रमुख निर्णय अनुसार, अब सुर्तीजन्य उत्पादनका बट्टाहरूमा अगाडि र पछाडि १०० प्रतिशत चेतावनीमूलक सूचना अनिवार्य रूपमा राखिनुपर्नेछ। यो नीति कार्यान्वयनमा आएपछि सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणमा ठोस प्रभाव पर्ने विश्वास गरिएको छ। विश्व स्वास्थ्य संगठनले यस निर्णयलाई असाधारण प्रयास को रूपमा मूल्याङ्कन गरेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
शुक्रबार, वैशाख ११, २०८३
१७ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख ११, २०८३
गण्डकीमा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना
शुक्रबार, वैशाख ११, २०८३


