नेपाल हेल्थ न्युज, इनरुवा, सुनसरी — सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिँदा हालसम्म ३६ वटा बङ्गुरको मृत्यु भएको छ। व्यावसायिक रूपमा पालेका बङ्गुर फार्महरूमा तीव्र रूपमा फैलिएको रोगका कारण स्थानीय किसान चिन्तित छन्।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएकोमा १७ वटाको मृत्यु भइसकेको छ। त्यस्तै, बराह बङ्गुर फार्ममा १५ वटा बङ्गुर सङ्क्रमित भएका छन् भने सात वटाको मृत्यु भएको जानकारी दिनुभयो।
यसैगरी, स्थानीय सुवास श्रेष्ठले सञ्चालन गर्नुभएको फार्ममा २२ वटा बङ्गुरमा स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ भने १२ वटाको मृत्यु भएको छ।
डा. महतोका अनुसार बराहक्षेत्रमा मात्र हालसम्म ५७ वटा बङ्गुरमा सङ्क्रमण देखिइसकेको छ भने ३६ बङ्गुरको मृत्यु भइसकेको छ। यसअघि सुनसरीकै दुहबी, रामधुनी र धरान क्षेत्रमा पनि यो सङ्क्रमण देखिएको थियो।
अफ्रिकन स्वाइन फिभर बङ्गुरमा फैलिने एक विषाणुजन्य रोग हो, जसको सिधा असर पशुपालन व्यवसायमा पर्छ। हालसम्म यो रोग मानिसमा सर्नेको प्रमाण नभए तापनि पशुमा अत्यधिक मृत्युदर रहने भएकाले सतर्कता आवश्यक हुने विज्ञहरू बताउँछन्।
डा. महतोले प्रभावित क्षेत्रका फार्महरूमा क्वारेन्टिन, बायो–सिक्युरिटी मापदण्ड कडाइका साथ लागू गर्न आग्रह गर्दै पशुपालक किसानलाई तुरुन्तै सम्बन्धित कार्यालयमा सूचना दिन अनुरोध गर्नुभएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
