नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले संसद् भवनमा कार्यरत मर्यादापालकहरूका लागि पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लामाले बिहान सबेरैदेखि बेलुकासम्म सांसदहरूको सुरक्षाका लागि खटिने मर्यादापालकहरूको स्वास्थ्य र भरणपोषणप्रति सरकार उदासीन देखिएको टिप्पणी गर्नुभयो। उहाँले मर्यादापालकहरूलाई कुनै खाजा, खाना वा भत्ताको व्यवस्था नभएको गुनासो गर्दै तिनको मौन सेवाको उचित कदर हुनुपर्नेमा जोड दिनुभयो।
उहाँहरू बिहान ७ बजेदेखि बेलुकासम्म उभिएर हामी सांसदहरूको सुरक्षामा खटिनुहुन्छ, सांसद लामाले भन्नुभयो, तर न त आवाज उठाउन सक्नुहुन्छ, न आन्दोलन गर्न सक्नुहुन्छ। यस्तो मौन सेवा दिइरहँदा सरकारले खाजासमेतको व्यवस्था नगर्नु दुःखद छ।
सांसद लामाले सरकारलाई मर्यादापालकहरूको स्वास्थ्य र मनोबल उच्च राख्न पोषणयुक्त खाना र खाजाको तत्काल व्यवस्था गर्न आग्रह गर्नुभयो। उहाँको भनाइले संसदभित्रै सेवा पुर्याउने सुरक्षाकर्मी तथा मर्यादापालकहरूको सामाजिक सुरक्षामाथि गम्भीर बहस सिर्जना गरेको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
