नेपाल हेल्थ न्युज,काठमाडौं । मुलुकको प्रमुख तरकारी बिक्री केन्द्र कालीमाटी बजारमा भित्रिएको धनियाँमा अत्यधिक मात्रामा विषादीको अवशेष फेला परेको छ।
काभ्रेपलाञ्चोकबाट ल्याइएको हरियो धनियाँमा अर्गानोफस्फेट नामक रसायनको मात्रा ९९.३७९ प्रतिशत पाइएपछि उक्त धनियाँ स्वास्थ्यका लागि हानिकारक मानिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यो परिणाम केन्द्रीय कृषि प्रयोगशालाको परीक्षणबाट आएको हो।
मंगलबार गरिएको परीक्षणमा कालीमाटी बजारका १७ वटा पसलबाट संकलित फलफूल तथा तरकारीका नमूनामध्ये धनियाँमा सबैभन्दा बढी विषादी देखिएको हो। यसरी अत्यधिक विषादी मिसिएको धनियाँ उपभोग गर्न नहुने भन्दै सम्बन्धित निकायले उपभोक्तालाई सचेत रहन आग्रह गरेका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
