नेपाल हेल्थ न्युज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सर्वसाधारण नागरिकका लागि स्वास्थ्य सेवा दिनप्रतिदिन महँगो बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधिसभाको मंगलबारको शून्य समयमा बोल्दै उहाँले राज्यको लापरवाहीप्रति ध्यानाकर्षण गराउनुभएको हो।
सांसद कुँवरका अनुसार देशको लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेका व्यक्तिहरू र पूर्व जनप्रतिनिधिहरूलाई समेत उपचारको मामलामा सरकारले बेवास्ता गरिरहेको छ। उहाँले विशेष गरी काभ्रे जिल्लाबाट पटकपटक निर्वाचित भइसकेका पूर्व सांसद गोविन्दनाथ उप्रेतीको स्वास्थ्य अवस्थाबारे उल्लेख गर्नुभयो। हाल उप्रेती गम्भीर रूपमा बिरामी भई अस्पतालमा उपचाररत छन्, तर राज्यबाट अपेक्षित सहयोग प्राप्त नभएको भन्दै कुँवरले आपत्ति जनाउनुभयो।
त्यस्तै, मौसममा आएको परिवर्तनसँगै देशका विभिन्न भागमा हावाहुरीका कारण उत्पन्न घटनाहरूप्रति पनि सांसद कुँवरले चिन्ता व्यक्त गर्नुभयो। विशेष गरी कैलालीमा हावाहुरीका कारण एक जनाको ज्यान गएको उल्लेख गर्दै उहाँले आगामी दिनहरूमा यस्ता प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सरकारले तुरुन्त कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँको भनाइमा, “स्वास्थ्य सेवा सर्वसुलभ हुनु आवश्यक छ। तर अहिलेको अवस्थामा त्यो आमनागरिकदेखि विशिष्ट योगदान दिने व्यक्तिहरूका लागि पनि दूरसाध्य बनेको छ। पूर्व सांसद उप्रेतीजस्ता व्यक्तिका उपचारको जिम्मा राज्यले लिनैपर्छ।”
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
