नेपाल हेल्थ न्युज, रौतहट । रौतहटमा बढ्दो तापक्रमसँगै डेङ्गु संक्रमणको खतरा तीव्र बन्दै गएको छ। पछिल्ला दुई साताको तथ्याङ्कअनुसार, ५० भन्दा बढी व्यक्तिमा डेङ्गु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जानकारी दिएको छ।
गर्मी सुरु भएयता लामखुट्टेको संख्यामा बृद्धि भएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। गौर नगरपालिका डेङ्गु प्रभावित क्षेत्रहरूमध्ये प्रमुख रूपमा प्रभावित भएको उल्लेख गरिएको छ, जहाँका विभिन्न वडामा संक्रमितको संख्या उल्लेख्य छ।
यस समस्यालाई नियन्त्रण गर्न नगरपालिकाले सम्पूर्ण वडाहरूमा फगिङ (धुवाँ) स्प्रे गर्ने तयारी गरिरहेको निमित्त प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले जानकारी दिनुभएको छ।
स्थानीय स्वास्थ्य केन्द्रहरूमा डेङ्गुका बिरामीको चाप बढेसँगै औषधि र परीक्षण सामग्रीको अभाव देखिन थालेको जनाइएको छ। यसैबीच, जनस्वास्थ्य कार्यालयले समुदायमा जनचेतना अभिवृद्धि गर्नका लागि अभियान सञ्चालन गरिरहेको छ।
जिल्ला जनस्वास्थ्य प्रमुख डा. रमेश यादवले घर वरिपरिका स्थानमा पानी जम्न नदिई लामखुट्टेको उत्पादन रोक्न आग्रह गर्नुभएकोे छ छ। स्थानीयवासीले थप संक्रमण फैलन नदिन स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ गर्न माग गरेका छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
