नेपाल हेल्थ न्युज, काठमाडौं । लैङ्गिक हिंसा न्यूनीकरण तथा जनचेतना अभिवृद्धिमा सहकार्य गर्ने उद्देश्यले युएनएफपीए (संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी संस्था-र मनकामना दर्शन प्रा.लि.बीच औपचारिक साझेदारी भएको छ।
काठमाडौँमा मङ्गलवार आयोजित कार्यक्रममा युएनएफपीएका प्रतिनिधि योन योङ हङ र मनकामना दर्शन प्रा.लिका तर्फबाट यसु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
साझेदारी अन्तर्गत दुवै संस्थाले आगामी दुई वर्षसम्म महिला र किशोरीहरूलाई लैङ्गिक हिंसासम्बन्धी सूचना, सहयोग र पुनःस्थापनाका अवसरहरू प्रदान गर्ने गरी संयुक्त प्रयास गर्ने भएका छन्।
मनकामना दर्शन प्रा.लिले आफ्ना सेवा केन्द्रहरू—जस्तै टिकट बिक्री काउन्टरहरू—मा पोस्टर, पम्पलेट र श्रव्य(दृश्य सामग्रीमार्फत लैङ्गिक हिंसा सम्बन्धी जानकारी प्रवाह गर्नेछ। यसबाट सेवा उपयोगकर्ताहरूले हिंसा भोगेमा उपलब्ध स्रोत, सेवा र अधिकारबारे सजिलो पहुँच पाउने अपेक्षा गरिएको छ।
साझेदारीको अर्को महत्वपूर्ण पक्ष भनेको हिंसा प्रभावितहरूलाई आर्थिक रूपमा सक्षम बनाउने तथा जीविकोपार्जनका अवसरहरूमा जोड्ने रहेको छ। त्यसका लागि स्थानीय श्रम बजार र व्यवसायिक संस्थाहरूको समन्वयमा कार्यक्रमहरू सञ्चालन गरिनेछ।
सम्झौतापछि युएनएफपीएकी प्रतिनिधि हङले निजी क्षेत्र सामाजिक रुपान्तरणका अभियानमा महत्वपूर्ण सहयात्री हुनसक्ने बताइन्। उनले समानता र सुरक्षाको संवाहक बन्न निजी क्षेत्रको संलग्नता आवश्यक रहेको उल्लेख गरिन्।
त्यस्तै, मनकामना दर्शनका यसु श्रेष्ठले महिला र किशोरीप्रति सुरक्षित वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले युएनएफपीएसँग सहकार्य गर्नु संस्थाको सामाजिक उत्तरदायित्व भएको बताए।
दुवै पक्षले यो सहकार्य राष्ट्रका लैङ्गिक हिंसा अन्त्यसम्बन्धी लक्ष्य र संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रको भूमिकालाई सबल बनाउने उदाहरण हुने विश्वास व्यक्त गरेका छन्।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
