नेपाल हेल्थ न्युज, काठमाडौं । लोकप्रिय युवा कमेडियन मेक्सम गौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। पछिल्ला केही हप्तादेखि प्यान्क्रियाज (अग्न्याशय) मा समस्या देखिएपछि दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचार जारी छ।
गौडेललाई दुई महिना अगाडि पेटमा तीव्र दुखाइ भएपछि बानेश्वरको सिभिल अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ १२ दिन उपचारपछि थप विशेषज्ञ सेवाको लागि उनलाई भारत लगिएको हो।
‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीका अनुसार अहिले उनी फलोअपका लागि फेरि दिल्ली गएका छन्। भण्डारी भन्छन्, स्वास्थ्यमा सुधार आइरहेको छ। पहिला करिब १५–१६ दिन अस्पतालमा बस्नुभएको थियो। अहिले नियमित परीक्षण र निगरानीका लागि गइरहनुभएको हो।
कमेडी शो ‘कमेडी च्याम्पियन’ मार्फत दर्शकमाझ परिचित बनेका गौडेल पछिल्लो समय ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’ जस्ता चर्चित फिल्महरूमा समेत देखिएका थिए।
चार एपिसोडको ‘कमेडी नाइट विथ च्याम्पियन्स’पछि बिरामी परेका गौडेलको स्वास्थ्यलाभको कामना गर्दै सहकर्मीहरू सुमन कार्की लगायतले सामाजिक सञ्जालमा सन्देश दिएका छन्। उनीहरू मेक्समलाई चाँडै स्टेजमा फर्किएको हेर्न चाहन्छन्।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
