नेपाल हेल्थ न्युज, विराटनगर । संखुवासभा जिल्लाको खाँदबारी अस्पतालका लागि छुट्याइएको सिटी स्क्यान मेसिन खरिदको सात करोड रुपैयाँ प्रदेश सरकारले अन्यत्रै मोडेको भन्दै आलोचना सुरु भएको छ। आर्थिक वर्ष २०८१/८२ मा उक्त बजेट छुट्याइए पनि मन्त्रिस्तरीय निर्णयका आधारमा कार्यान्वयन रोकिएको हो।
प्रदेश सरकारको निर्णयविरुद्ध संखुवासभाका सांसद राजेन्द्र कार्की र एमाले प्रमुख सचेतक विदुर लिङ्थेप सहितको टोली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र मन्त्री भूपेन्द्र राईसमक्ष पुगेको थियो। उनीहरूले चाँडै प्रक्रिया अघि बढाउने आश्वासन त पाए, तर काम भने अड्किएको छ।
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका सांसद कार्कीले आफ्नै कार्यकालमा विनियोजित बजेट सरकारकै कारण रोकिएको गुनासो गर्नुभयो। अर्का सांसद लिङ्थेपले भने रकम अन्यत्र प्रयोग नभएको र आगामी वर्ष पुनः योजना समेट्ने मन्त्रीको आश्वासन रहेको बताउनुभयो।
सरकारको तर्फबाट मन्त्री राईले दक्ष जनशक्तिको अभावलाई कारण देखाउँदै सिटी स्क्यान मेसिन हाललाई नल्याइएको बताउनुभयो। तर, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले भने, रेडियोलोजिस्ट करारमा ल्याउने तयारी भइसकेको र आवश्यक जनशक्ति जुटाउन सकिने बताउनुभयो।
स्थानीयहरू भने स्वास्थ्य उपकरण अभावलाई प्रदेश सरकारको उपेक्षा र पूर्वाग्रही दृष्टिकोणको रूपमा लिइरहेका छन्। विराटनगर वा धरानसम्म सानो उपचारका लागि जानु पर्ने बाध्यताले जनतामा आक्रोश बढेको छ। -थाहा खबर
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
