नेपाल हेल्थ न्युज, काठमाडौं । शनिबार नेपाल फार्मेसी संघको तेस्रो राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भई अध्यक्ष पदमा श्री युवराज भुसाल निर्वाचित हुनुभएको छ। संघको नयाँ नेतृत्व चयनसँगै २३ सदस्यीय केन्द्रीय कार्यसमिति पुनःगठन गरिएको छ।
संघको उपाध्यक्ष पदमा श्री टेकबहादुर विक, श्रीमती मिना भट्ट तथा श्री महेश्वर पोखरेल निर्वाचित हुनु भएको छ। महासचिव पदको जिम्मेवारी श्री सुवर्णराज पन्तलाई प्रदान गरिएको छ।
सचिव पदमा कविन मलेकु, सुन्दर आचार्य, रामप्रसाद कोइराला, विनोद पन्त, ध्रुवकुमार शर्मा, नवीन धामी तथा कृष्णमुरारी शुक्ला निर्वाचित हुनु भएको छ। कोषाध्यक्षको रूपमा यदुप्रसाद पन्त तथा सह(कोषाध्यक्षमा विष्णु कँडेल निर्वाचित हुनुभएको छ।
यसैगरी, संघको कार्यसमिति सदस्य पदमा ओमकार अर्याल, गोविन्द तिवारी, सुशील सिग्देल, दिनेश जोशी, विजय फुल्लेल, विकास केसी, अर्जुन कार्की तथा शिवकुमार मिश्र चयन हुनु भएको छ।
नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघले आगामी दिनहरूमा फार्मेसी व्यवसाय तथा पेशागत हितका लागि अझ प्रभावकारी कदमहरू चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार प्रमुख पदाधिकारीका लागि खुला आवेदन आह्वान
आइतबार, साउन २४, २०८३
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
