नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सक तथा गीतकार डा. भोला रिजालले अंगदानको सन्देश बोकेको नयाँ गीत ‘मेरो मृत्युपछि’ सार्वजनिक गर्नुभएको छ। शनिबार आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको यस गीतमा मानिसले मृत्युपछि पनि समाजका लागि योगदान गर्न सक्ने भाव व्यक्त गरिएको छ।
गीतमा संगीतकार न्ह्यु बज्राचार्यले संगीत भर्नुभएको छ भने प्रविण बेदवालको आवाज रहेको छ। भिडियोमा डा. रिजालसँगै प्रख्यात चिकित्सकहरू डा. भगवान कोइराला, डा. पुकार चन्द्र श्रेष्ठ, डा. रिता गुरुङ र डा. जोतेन्द्र शर्मा अभिनयमा देखिनुहुन्छ।
गीत सार्वजनिक गर्ने क्रममा डा. रिजालले जीवनपछिको अस्तित्व अझ सुन्दर हुने विश्वास व्यक्त गर्दै यस जन्ममै अरुको हितका लागि अंगदानजस्ता कार्य गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।
डा. पुकार चन्द्र श्रेष्ठले यस गीतले अंग प्रत्यारोपण सम्बन्धी जनचेतना अभिवृद्धिमा सहयोग पुर्याउने बताउनुभयो। यस्तै, डा. रिता गुरुङले नेपालमा अझै अंगदानसम्बन्धी जानकारी र जनचेतना व्यापक बनाउनु पर्ने धारणा राख्नुभयो।
गीतले सर्वसाधारणलाई अंगदानमार्फत पुण्य कमाउन र अरुको जीवन बचाउन प्रेरणा दिने उद्देश्य राखेको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
