नेपाल हेल्थ न्युज वीरगन्ज । वीरगञ्जस्थित एक मेडिकल कलेजमा उपचारको क्रममा चिकित्सक र बिरामीका आफन्तबीच उत्पन्न विवादको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। सो भिडियोमा एक अन्दाजी ७० वर्षीय पुरुषको अवस्था गम्भीर रहेको र चिकित्सकले उनलाई तत्काल आइसीयूमा सार्नुपर्ने बताएका देखिन्छ, तर बिरामीका आफन्त भने उनले पहिले नै ज्यान गुमाइसकेको दाबी गर्दै आइसीयूमा भर्ना गर्न अस्वीकार गरिरहेका छन्।
मेडिकल कलेजका प्रशासन प्रमुख गौसुल आलमका अनुसार, शनिबार राति करिब ११/४५ बजे वीरगञ्ज–१५ भिस्वाबाट चन्देश्वरप्रसाद सिंहलाई अचेत अवस्थामा अस्पताल ल्याइएको थियो। आकस्मिक कक्षमा भर्ना गरी डा. सबना थापा, डा. अतुलेश चौहान र डा. आतिष साहको टोलीले प्रारम्भिक परीक्षण गरेका थिए। परीक्षणका क्रममा बिरामीको मुटुको धड्कन चलिरहेको पुष्टि भएपछि चिकित्सकले थप उपचारका लागि उनलाई आइसीयूमा सार्ने निर्णय गरेका थिए।
तर, राति १२/१० बजे बिरामीलाई स्ट्रेचरमार्फत आइसीयू तर्फ लैजाँदै गर्दा आफन्तहरूले बाटोमै रोकेर विरोध जनाए। उनीहरूले “पहिले नै मृत्यु भइसकेको व्यक्तिलाई किन आइसीयूमा लैजानेरु” भन्दै हल्ला गर्न थालेका थिए। प्रशासनका अनुसार, विवादकै बीच उपचारमा ढिलाइ भएपछि बिरामीको १२/२२ बजे मृत्यु भयो। त्यसपछि आफन्तहरूले राति नै शव घर लगेका थिए।
घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि अस्पताल प्रशासनले सीसीटीभी फुटेज जाँच गरेको बताएको छ। आलमका अनुसार, उपचारमा कुनै लापरवाही भएको छैन र सबै भिडियो प्रमाण सुरक्षित अवस्थामा छन्। यदि कसैलाई शंका लागेमा अस्पतालमै आएर फुटेज हेर्न सक्ने व्यवस्था गरिएको छ।
प्रहरीका अनुसार, हालसम्म घटनाबारे कुनै औपचारिक उजुरी प्राप्त भएको छैन। मृतकका आफन्तसँग सम्पर्क प्रयास गरिएको भए पनि हालसम्म सफल नभएको अस्पताल प्रशासनले जनाएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
