नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालले संघीय अस्पतालहरूको मूल्याङ्कनमा उल्लेखनीय सफलता हासिल गर्दै मुलुकभर प्रथम स्थानमा उभिन सफल भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गरिएको पछिल्लो अनुगमन तथा मूल्याङ्कनमा यो अस्पतालले ८८ प्रतिशत अंक प्राप्त गर्दै शीर्ष स्थानमा आफ्नो उपस्थिति दर्साएको हो।
स्वास्थ्य मन्त्रालयले देशभरका १५ वटा संघीय अस्पतालहरूको सेवा, व्यवस्थापन, सरसफाइ, र समग्र संचालनमा आधारित मूल्याङ्कन गरेको थियो। भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार, अस्पतालले ‘ग्रिनजोन’ स्टिकर पनि प्राप्त गरेको छ, जुन केवल ८५ प्रतिशतभन्दा माथिको अंक ल्याउने संस्थालाई मात्र प्रदान गरिन्छ।
यो वर्ष ग्रिनजोन स्टिकर प्राप्त गर्ने एक मात्र अस्पताल भरतपुर अस्पताल नै भएको छ। मूल्याङ्कनमा अस्पतालको सुशासन, चिकित्सा सेवाको गुणस्तर, सहयोगी सेवा, तथा फोहर व्यवस्थापन जस्ता पक्षहरूमा आधार बनाएर निर्णय गरिएको थियो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको नेतृत्वमा एक विशेषज्ञ टोलीले अस्पतालको प्रत्यक्ष निरीक्षण र मूल्याङ्कन गरेको हो।
मेडिकल सुपरिटेन्डेन्ट पौडेलले भन्नुभयो, “हामी सेवाको गुणस्तर वृद्धिमा निरन्तर लागि परिरहेका छौं। सम्पूर्ण टिमको सामूहिक प्रयासले आजको यो उपलब्धि सम्भव भएको हो।”
अस्पतालले पछिल्ला केही वर्षयता लगातार सुधार गर्दै आएको देखिन्छ। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार, २०७८ सालमा अस्पतालले ५२ प्रतिशत अंक प्राप्त गरेको थियो भने त्यसपछिका वर्षहरूमा क्रमशः ६२, ६४, ७७ र २०८२ मा ८८ अंकसहित उच्चतम प्रगति देखाएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
