नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सुरु हुनु अघि नै सम्भावित महामारी नियन्त्रणका लागि आवश्यक तयारीहरू अघि बढाएको छ। मनसुनको समयमा विभिन्न रोग र संक्रमणहरू देखिन सक्ने भएकाले मन्त्रालयले प्रभावकारी तयारीका लागि योजना बनाएको छ।
मन्त्री प्रदीप पौडेलले यसअघि नै तयारी बैठक डाकेर महामारी नियन्त्रणका लागि ६ वटा महत्वपूर्ण निर्णयहरू गर्नुभएको छ। उहाँले स्वास्थ्यकर्मीहरूलाई समयमै सम्भावित जोखिमहरू पहिचान गरेर आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ।
मन्त्रालयले महामारी र विपद् नियन्त्रणमा संलग्न सबै अधिकारीहरूलाई एकजुट गराएर आवश्यक कदम चाल्ने योजना बनाएको छ। स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी सरसफाइ र सफा पानीको व्यवस्था मिलाउन काम गर्नेछ।
स्थानीय तहसम्म प्रभावकारी सूचना र जनचेतना फैलाउन राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सक्रिय भूमिका निर्वाह गर्नेछ।
साथै, द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरी तयारी र जानकारी संकलनका कामहरू अघि बढाइनेछन्। सातै प्रदेशमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको विवरण अद्यावधिक गरि आवश्यक ठाउँमा खटाउने तयारी भइरहेको छ।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रसँग पनि समन्वय गरी महामारी नियन्त्रणका लागि थप तयारी गरिने मन्त्रालयले जनाएको छ।
मन्त्री पौडेलले संक्रामक रोग ऐन २०२० लाई हालको परिवेश अनुसार संशोधन गरी आगामी दिनमा प्रभावकारी लागू गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिनुभउको छ। यसका लागि एक हप्ताभित्र आवश्यक तयारीहरू पेस गरिने निर्णय पनि बैठकमा गरिएको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

