नेपाल हेल्थ न्युज, काठमाडौं । छिमेकी मुलुक भारत र चीनमा फेरि सक्रिय हुँदै गएको कोरोना संक्रमणको असर नेपालमा पनि देखिन थालेको छ। हालै गरिएको परीक्षणमा नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये एक जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पोजिटिभ आएको हो भने बाँकी ६ जना धुलिखेल अस्पतालमा पुष्टि भएका हुन्।
महाशाखाका निर्देशक डा. चन्द्रबल झाका अनुसार यी संक्रमित व्यक्तिहरूको विदेश भ्रमणको कुनै इतिहास छैन, जसले संक्रमण समुदायमै फैलिन थालेको संकेत दिन्छ। यद्यपि, ती सबै संक्रमित निको भएर घर फर्किसकेका छन्। डा. झा भन्नुहुन्छ, डब्लुएचओ तथा अन्य स्वास्थ्य विज्ञहरूसँगको समन्वय अनुसार अहिलेको अवस्था गम्भीर त छैन, तर सतर्कता भने आवश्यक छ।
उहाँका अनुसार सीमा नाका र विमानस्थलहरूमा स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क पुनः सक्रिय बनाइएको छ। सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ भने परीक्षण किट खरिदको प्रक्रियामा समेत मन्त्रालयलाई अनुरोध गरिसकिएको छ।
सर्तक रहन जरुरी
डा. झा भन्नुहुन्छ, महामारीको खतरा तत्काल छैन, तर सावधानी भने आवश्यक छ। मास्क लगाउने, भिडभाडमा नजाने, नियमित रूपमा हात धुनेजस्ता आधारभूत सतर्कता अपनाउनु सबैको कर्तव्य हो।
विश्व स्वास्थ्य संगठन डब्लुएचओ को पछिल्लो रिपोर्ट अनुसार अहिले देखिएको नयाँ भेरियन्ट गम्भीर प्रकृतिको नभए पनि दीर्घरोगी, वृद्धवृद्धा र बालबालिकाहरूका लागि जोखिमपूर्ण हुनसक्छ।
भेरियन्ट परीक्षणका लागि कम्तिमा ३०–४० केस आवश्यक थियो, तर अहिले जनस्तरमा चासो बढेकाले थोरै केसबाटै परीक्षण सुरु गर्ने विषयमा छलफल भइरहेको छ, डा. झा बताउँनुहन्छ।
निष्कर्षमा, हालको संक्रमण डरलाग्दो अवस्थामा नपुगे पनि सर्तकता अपनाउनु बुद्धिमानी हुनेछ। स्वास्थ्य मन्त्रालय, विज्ञहरू र सम्बन्धित निकायहरू तयारी अवस्थामा छन्, तर व्यक्तिगत सतर्कता पनि उत्तिकै महत्त्वपूर्ण छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
