नेपाल हेल्थ न्युज,काठमाडौं । महिलाको यौन तथा प्रजनन् स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्ने महिनावारी ९मासिक धर्म० स्वच्छता आजको समाजमा अझैपनि उपेक्षित विषय बन्ने गरेको छ। यिनै कारणले, सन् २०१४ देखि जर्मनीस्थित वास युनाइटेड नामक संस्थाले सुरु गरेको ‘महिनावारी स्वच्छता दिवस’ हरेक वर्ष २८ मे मा मनाइन्छ। २८ दिनको औसत महिनावारी चक्रका कारण यो मिति रोजिएको हो।
२०२५ को नाराः महिनावारी स्वच्छता दिवस व्यवहारमा लागू गरौं भन्ने सन्देशसहित यो दिवस मनाइँदैछ। यस दिवसले महिनावारीलाई स्वास्थ्य र गरिमासँग जोडेर हेर्ने दृष्टिकोण विकास गर्न प्रेरणा दिने उद्देश्य राखेको छ।
महिनावारी स्वच्छता भनेको के हो ?
महिनावारी स्वच्छता भन्नाले महिनावारीको समयमा सफा र सुरक्षित सामग्रीको प्रयोग, नियमित रूपमा ती सामग्री परिवर्तन गर्ने अवसर, स्वच्छ शौचालय तथा पानीको पहुँच, साथै प्रयोग भइसकेको सामग्रीको सुरक्षित व्यवस्थापन समावेश हुन्छ।
यस अवधिमा ट्याकल गर्नुपर्ने समस्या जस्तै—पेट दुखाइ, वान्ता, वा संक्रमण जस्ता जटिलता समाधान गर्न आवश्यक स्वास्थ्य सेवा पनि महिनावारी स्वच्छतामै पर्छ।
स्वच्छता अभ्यास नगर्दाको असर
- लामो समयसम्म स्यानिटरी प्याड नफेर्दा पिसाब मार्ग संक्रमण, यौनांगको छालामा एलर्जी र खटिरा हुने जोखिम बढ्छ।अस्वच्छ सामग्री प्रयोगले प्रजनन् पथमा संक्रमण भई गम्भीर स्वास्थ्य समस्या आउन सक्छ।
- महिनावारीको समयमा सरसफाइ नअपनाउँदा पाठेघरको मुखको क्यान्सरसम्मको जोखिम बढ्न सक्छ।
महिनावारीसँग जोडिएका सामाजिक चुनौतीहरू
अहिलेसम्म पनि धेरै समुदायमा महिनावारीसम्बन्धी कुरा गोप्य राखिन्छ। यसले किशोरी तथा महिलामा जानकारीको अभाव र गलत अभ्यासलाई प्रश्रय दिएको छ। कतिपय स्थानमा महिलालाई महिनावारीका समयमा नुहाउन वा सूर्य ताप्न पनि नदिइने गरेको तथ्यले समस्या झनै जटिल बनाउँछ। विद्यालय जाने उमेरका किशोरीहरू महिनावारीको समयमा सरसफाइको अभावका कारण शिक्षाबाट टाढा रहन बाध्य छन्।
समाधान के हो ?
महिनावारी सम्बन्धी खुला संवाद, सुरक्षित सामग्रीको पहुँच, स्वच्छ शौचालय तथा सरसफाइको व्यवस्था, र सामाजिक व्यवहारमा परिवर्तन नै दीर्घकालीन समाधान हुन्। महिनावारी कुनै लाज होइन, जीवनचक्रको स्वाभाविक प्रक्रिया हो। यसमा गरिने सजग र स्वच्छ व्यवहारले महिला स्वास्थ्यको रक्षा मात्र होइन, सम्पूर्ण समाजको विकासमा सकारात्मक प्रभाव पार्छ।
औषधिको मूल्यवृद्धिमा अर्बौँ अनियमितता, सांसद खत्रीले गरे कारबाहीको माग
बुधबार, चैत २५, २०८२
वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस प्रकरणमा मुद्दा दायर
बुधबार, चैत २५, २०८२
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण
बुधबार, चैत २५, २०८२
आज दशौँ स्वास्थ्य बीमा दिवस
बुधबार, चैत २५, २०८२
