नेपाल हेल्थ न्युज, नवलपरासी । बर्दघाटस्थित सहिद स्मृति सामुदायिक अस्पतालमा मृगौला रोगीहरूका लागि डायलासिस सेवा सुरु गर्न ‘एक घर, एक हजार’ सहयोग अभियान सञ्चालन गरिएको छ।
अस्पतालमा पहिले नै डायलासिस मेसिनहरू भए पनि आर्थिक अभावका कारण सेवा सुरु गर्न सकिएको थिएन। यही कारणले नगरपालिकाले प्रत्येक घरबाट एक हजार रुपैयाँ संकलन गर्ने अभियान थालेको हो।
नगर प्रमुख सन्तोष श्रेष्ठका अनुसार, हालसम्म नागरिकहरू घरदैलोमै पुगेर सहयोग गरिरहेका छन्। “डायलासिस सेवा जिल्लामै सुरु भएपछि मृगौला रोगीहरूलाई बुटवल वा भैरहवा जान नपर्ने हुन्छ,” उहाँले बताउनुभयो।
चारवटा डायलासिस मेसिन धुलिखेल अस्पतालबाट सहयोग स्वरूप प्राप्त भइसकेको छ। अब सेवा सुरु गर्न ३०–३५ लाख रुपैयाँ लाग्ने अनुमान छ। नगरपालिकाले सेवा सुरु गर्न १० देखि १५ हजार नागरिकलाई अभियानमा सहभागी गराउने लक्ष्य लिएको छ।
बर्दघाट नगरपालिकाभित्र मात्रै हाल ५२ जना मृगौला पीडित छन्, जो अन्य ठाउँ गएर डायलासिस गराइरहेका छन्। सेवा सुरु भएपछि तिनै बिरामीहरूलाई स्थानीयस्तरमै सहज उपचार उपलब्ध हुने अस्पताल विकास समितिका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिनुभयो।
पूर्व मृगौला पीडित माधव तिवारीले टाढासम्म उपचारका लागि जानु परेको कठिनाइ सम्झँदै भने, “अब अरू बिरामीहरूले त्यो पीडा भोग्न नपरोस्।”
अभियान सफल भएमा अस्पतालमा ओटीसहितको बर्थिङ सेन्टर सञ्चालन गर्ने योजना पनि नगरपालिकाको छ। २०६४ सालमा स्थापना भएको अस्पतालमा पूर्वाधार त छन् तर सेवा प्रभावकारी नभएको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए।
अभियानलाई सबै सातवटा स्थानीय तहसम्म विस्तार गर्ने र साझा कार्यक्रममार्फत दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
औषधिको मूल्यवृद्धिमा अर्बौँ अनियमितता, सांसद खत्रीले गरे कारबाहीको माग
बुधबार, चैत २५, २०८२
वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस प्रकरणमा मुद्दा दायर
बुधबार, चैत २५, २०८२
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण
बुधबार, चैत २५, २०८२
आज दशौँ स्वास्थ्य बीमा दिवस
बुधबार, चैत २५, २०८२
