नेपाल हेल्थ न्युज, काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमै अध्ययन गरेका चिकित्सकहरूलाई रोजगारीका लागि लैजाने देश वा संस्थाबाट रोयल्टी लिने नीतिगत व्यवस्था गर्न लागिएको बताउनुभएको छ।
सरकारी लगानीमा तयार भएका दक्ष चिकित्सक विदेशिएपछि देशले त्यसको प्रतिफल पाउनुपर्ने भन्दै उहाँले यस्तो नीति आवश्यक रहेको बताउनुभयो।
मन्त्री पौडेलका अनुसार यो नीति अध्ययनका लागि विदेश गएकाहरूमा लागू नहुने भए पनि, नेपालमै पढेर रोजगारीका लागि विदेश जानेहरूमा भने लागू हुनेछ।
उहाँले यो कदम दक्ष जनशक्ति बाहिर जान नदिने उद्देश्य होइन, तर राष्ट्रले गरेको लगानीको उचित प्रतिफल सुनिश्चित गर्नका लागि भएको स्पष्ट पार्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
