नेपाल हेल्थ न्युज, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य मन्त्रालयले प्रारम्भिक प्रस्तावभन्दा १३ अर्ब रुपैयाँ बढी बजेट पाएको छ। यससँगै मन्त्रालयको कुल बजेट सिलिङ करिब ९६ अर्ब रुपैयाँ पुगेको छ।
सुरुमा राष्ट्रिय योजना आयोगले ८२ अर्ब ८८ करोड रुपैयाँको २८ लाखको बजेट सिलिङ दिएको थियो, जुन चालु वर्षभन्दा करिब ३ अर्ब ३५ करोड ६१ लाख कम थियो। तर स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीसँग बारम्बारको छलफलपछि थप बजेट सुनिश्चित गर्न सम्भव भएको हो।
स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार, नयाँ कार्यक्रम कार्यान्वयनका लागि थप बजेट अपरिहार्य थियो। आगामी वर्षको नीतिमा क्यान्सर, जलन र अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार, काठमाडौंमा न्यूरो अस्पताल, मधेशमा किड्नी सेन्टर, र स्वास्थ्य बीमा सुधारजस्ता कार्यक्रम समावेश छन्।
यसबाहेक, नसर्ने रोग पहिचान, सबै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत नियुक्ति, र बीमा बक्यौता शून्यमा झार्ने लक्ष्य राखिएको छ।
किशोरीको डिम्ब तस्करी आरोपमा डा. नुतन शर्मासँग प्रहरीको बयान
आइतबार, साउन २४, २०८३
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
