नेपाल हेल्थ न्युज, काठमाडौं । जडीबुटी क्षेत्रमा देखिएको क्षति र सम्भावनालाई दृष्टिमा राख्दै सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ।
बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको सुधार, विकास र दिगो सञ्चालनका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो।
यसअघि, चैत १५ गते राजसंस्थाको समर्थनमा भएको विरोध प्रदर्शन हिंसात्मक बन्दा सो कम्पनीको कार्यालयमा तोडफोड र आगजनी भएको थियो।
उक्त घटनाले कम्पनीलाई करिब २८ करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याएको छ। सरकारले यस क्षतिलाई न्यूनीकरण गर्दै कम्पनीलाई पुनः स्थायीत्वमा ल्याउने योजना अघि सारेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
