नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले हालै सम्पन्न नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ, जसअनुसार कुल उत्तीर्ण दर ७७.९९ % प्रतिशत रहेको छ।
१२ देखि १५ जेठसम्म सञ्चालन भएको यस परीक्षामा २ हजार ९० परीक्षार्थी दर्ता भए पनि २, हजार ७७ जनाले मात्र परीक्षा दिएका थिए। बाँकी १३ जना अनुपस्थित रहेका थिए।
परीक्षा दुई विधामा मेडिकल र डेन्टल सञ्चालित भएको थियो।
मेडिकलतर्फ १ हजार ६११ परीक्षार्थीमध्ये १ हजार ६०० ले परीक्षा दिए र तिनीहरूमध्ये १ हजार २२६ जना (७६.६२%) सफल भएका छन्।
डेन्टलतर्फ भने ४७९ जना दर्ता भएकामा ४७७ जनाले परीक्षा दिए र ३९४ जना (८२.६०%) ले सफलता प्राप्त गरेका छन्।
नेपाल मेडिकल काउन्सिलले प्रत्येक वर्ष चिकित्सक तथा दन्त चिकित्सकलाई व्यावसायिक इजाजत प्रदान गर्नका लागि यस्तो नाम दर्ता परीक्षा सञ्चालन गर्दै आएको छ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
