नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले हालै सम्पन्न नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ, जसअनुसार कुल उत्तीर्ण दर ७७.९९ % प्रतिशत रहेको छ।
१२ देखि १५ जेठसम्म सञ्चालन भएको यस परीक्षामा २ हजार ९० परीक्षार्थी दर्ता भए पनि २, हजार ७७ जनाले मात्र परीक्षा दिएका थिए। बाँकी १३ जना अनुपस्थित रहेका थिए।
परीक्षा दुई विधामा मेडिकल र डेन्टल सञ्चालित भएको थियो।
मेडिकलतर्फ १ हजार ६११ परीक्षार्थीमध्ये १ हजार ६०० ले परीक्षा दिए र तिनीहरूमध्ये १ हजार २२६ जना (७६.६२%) सफल भएका छन्।
डेन्टलतर्फ भने ४७९ जना दर्ता भएकामा ४७७ जनाले परीक्षा दिए र ३९४ जना (८२.६०%) ले सफलता प्राप्त गरेका छन्।
नेपाल मेडिकल काउन्सिलले प्रत्येक वर्ष चिकित्सक तथा दन्त चिकित्सकलाई व्यावसायिक इजाजत प्रदान गर्नका लागि यस्तो नाम दर्ता परीक्षा सञ्चालन गर्दै आएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
