नेपाल हेल्थ न्युज, काठमाडौं । गत बुधबार राति ११ः३० बजे दक्षिणकाली नगरपालिका ५ फर्पिङ चेकपोष्टस्थितमा चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश०३–००१ ज ०६३८ नम्बरको टाटा सुमो जिप चेकजाँच गर्दा नेपाल औषधि व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल समेत नभएका औषधि फेला परेको हो
गाडीभित्र लुकाएर ल्याइएका औषधिहरू नेपाल औषधि व्यवस्था विभागमा न सूचीकृत थिए, न त बिल कागजात नै ! त्यसैले प्रहरीलाई शंका लाग्नु त स्वाभाविकै हो।
गाडीको ड्राइभर होइन, यात्रु नै देखिए मुख्य पात्र ओधारपसी गाउँपालिका ५, जगनाथपुरका ३२ वर्षीय मुनिश दास उहाँसँगै भेटिए
- सिल्डेनाफिल १०० एमजी — ३,५०८ ट्याब्लेट
- पेन्टेट–४० — ५,००० ट्याब्लेट
- सिल्डेनाफिल साइट्रेट डापोक्सेटिन — २,२२८ ट्याब्लेट
- मिफेप्रिस्टोन मिसोप्रोस्टोल ९क्लियर किट — ४०० ट्याब्लेट
- प्रेग्नट किट — ९,२५० ट्याब्लेट
अब तपाईं आफैँ हिसाब गर्नुहोस्, यो गाडी औषधिको ट्रक भन्दा कम थिएन
प्रहरीले मुनिश दासलाई नियन्त्रणमा लिएर औषधिसहित औषधि व्यवस्था विभाग, बबरमहल पठाइसकेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताउनुभएको छ।
तर आश्चर्यको कुरा औषधि विभागका महानिर्देशक नारायण ढकालले भने, “मलाई थाहा छैन।” अब विभागकै प्रमुखलाई नखुलेको कुरा, चेकपोष्टका सुरक्षाकर्मीले खोलिदिए।
अब हेर्न बाँकी छ यो औषधि काण्डको पछि को–को हात थियो
औषधिको मूल्यवृद्धिमा अर्बौँ अनियमितता, सांसद खत्रीले गरे कारबाहीको माग
बुधबार, चैत २५, २०८२
वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस प्रकरणमा मुद्दा दायर
बुधबार, चैत २५, २०८२
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण
बुधबार, चैत २५, २०८२
आज दशौँ स्वास्थ्य बीमा दिवस
बुधबार, चैत २५, २०८२
