नेपाल हेल्थ न्युज, वीरगञ्ज । नारायणी अस्पतालको आइसीयू र सिसीयूमा शुक्रबार राति आकस्मिक रूपमा विद्युत् सेवा साढे दुई घण्टासम्म अवरुद्ध हुँदा ठुलो जोखिम सिर्जना भएको थियो।
शुक्रबार राति १०ः३० देखि शनिबार बिहान १ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुँदा ती कक्षमा रहेका १७ जना गम्भीर बिरामीको उपचार मोबाइलको बत्तीको सहारामा गरिएको थियो। भाग्यवश, कुनै बिरामीको ज्यान गएन।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्ररञ्जन साहका अनुसार, कमजोर वायरिङ र प्रशासनिक लापरवाहीले समस्या उत्पन्न भएको हो।
घटनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी प्रमुख गौतम मिश्रले अस्पताल प्रशासनसँग संयुक्त बैठक गरी दोषीमाथि छानबिन र कारबाही गर्न निर्देशन दिनुभएको छ। साथै, २४ घण्टा इलेक्ट्रिसियनको व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ।
अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाउनुभएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
