नेपाल हेल्थ न्युज, वीरगञ्ज । नारायणी अस्पतालको आइसीयू र सिसीयूमा शुक्रबार राति आकस्मिक रूपमा विद्युत् सेवा साढे दुई घण्टासम्म अवरुद्ध हुँदा ठुलो जोखिम सिर्जना भएको थियो।
शुक्रबार राति १०ः३० देखि शनिबार बिहान १ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुँदा ती कक्षमा रहेका १७ जना गम्भीर बिरामीको उपचार मोबाइलको बत्तीको सहारामा गरिएको थियो। भाग्यवश, कुनै बिरामीको ज्यान गएन।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्ररञ्जन साहका अनुसार, कमजोर वायरिङ र प्रशासनिक लापरवाहीले समस्या उत्पन्न भएको हो।
घटनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी प्रमुख गौतम मिश्रले अस्पताल प्रशासनसँग संयुक्त बैठक गरी दोषीमाथि छानबिन र कारबाही गर्न निर्देशन दिनुभएको छ। साथै, २४ घण्टा इलेक्ट्रिसियनको व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ।
अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाउनुभएको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

