नेपाल हेल्थ न्युज, चितवन । विश्व धूम्रपान निषेध दिवस २०२५ को अवसरमा भरतपुरमा चेतनामूलक र्याली सम्पन्न भएको छ ।
नेपाल हेल्थ कप्र्सको आयोजनामा गरिएको र्यालीमा चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसका एमबिबिएस विद्यार्थीहरू तथा भरतपुर अस्पतालका नर्सिङ विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
र्याली भरतपुरको प्रमुख सडक क्षेत्र हुँदै सम्पन्न भएको थियो । सहभागीहरूले ‘धूम्रपानलाई होइन, जीवनलाई रोजौं’, ‘स्वस्थ समाज, धूम्रपानमुक्त राष्ट्र’, ‘धूम्रपानले मार्छ, रोकौं आजै’ जस्ता नारासहित जनचेतना फैलाएका थिए ।
युवा पुस्ता तथा सर्वसाधारणमा धूम्रपानजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जोखिमबारे जागरूकता फैलाउने र धूम्रपानमुक्त राष्ट्र निर्माणको अभियानलाई सशक्त बनाउने कार्यक्रमको उद्देश्य रहेको आयोजकले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) ले हरेक वर्ष मे ३१ तारिखमा विश्व धूम्रपान निषेध दिवस मनाउँदै आएको छ । यस वर्षको नारा ‘सर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिनौ यो महजाल (अनमास्किङ द अपिलः एक्सपोजिङ इन्डस्ट्री ट्याक्टिस अन टोवाको एण्ड निकोटिन प्रोडक्टस्’ रहेको छ ।
नेपालमा पनि युवाहरूमा धूम्रपानको लत बढ्दै गएको सन्दर्भमा यस्ता चेतनामूलक कार्यक्रमहरू प्रभावकारी हुने स्वास्थ्यकर्मीहरूको विश्वास छ । आयोजक संस्था नेपाल हेल्थ कप्र्सले आगामी दिनमा पनि जनस्वास्थ्यका सवालमा यस्ता क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
