नेपल हेल्थ न्युज, गर्भपतन चक्की मिफेप्रिस्टोन (आरयू ४८६) का आविष्कारक डा. एटिएन एमिल बाउल्युको निधन ९८ वर्षको उमेरमा भएको हो । उहाँले विकास गरेको यो औषधिले विश्वभरका लाखौं महिलालाई सुरक्षित गर्भपतनको पहुँच दिएको छ।
स्ट्रासबर्गमा जन्मिएका बाउल्यु नाजी कब्जाविरुद्धको फ्रेन्च प्रतिरोधमा किशोरावस्थामै सहभागी हुनुभएको थियो। पछि उहाँले यौन हर्मोन सम्बन्धी अनुसन्धान गर्दै गर्भनिरोधक विधिमा क्रान्ति ल्याँनुभयो।
उहाँको आविष्कार, मिफेप्रिस्टोन, गर्भाशयमा भ्रूण प्रत्यारोपण रोक्न प्रयोग गरिन्छ। कडा आलोचना र धम्कीको बाबजुद, उहाँले औषधिको अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो। सन् २०१० मा यो औषधिलाई विश्व स्वास्थ्य संगठनले अत्यावश्यक औषधिको सूचीमा राखेको थियो।
उहाँको योगदानको कदर गर्दै सन् २०२३ मा फ्रान्सले उहाालाई ‘ग्रान्ड क्रस अफ द लिजन डी’अनर’ सम्मान प्रदान गरेको थियो। राष्ट्रपति म्याक्रोनले उहाँलाई ‘साहसको प्रतीक’ र ‘विश्व परिवर्तक’ वैज्ञानिकको रूपमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
