नेभिगेशन

धूम्रपान तथा सुर्तीजन्य लत त्याग्न हेल्पलाइन सेवा सुरु ११३२ मा परामर्श लिन सकिने

नेपाल हेल्थ न्यज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको लत हटाउन चाहनेका लागि नयाँ हेल्पलाइन सेवा सुरु गरेको छ। अबदेखि ११३२ नम्बरमा फोन गरेर निःशुल्क परामर्श लिन सकिने व्यवस्था भएको मन्त्रालयले जनाएको छ।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शनिबार सो सेवाको औपचारिक शुभारम्भ गर्नुभएको थियो। मन्त्री पौडेलका अनुसार, यो सेवा मार्फत जनचेतना अभिवृद्धि गर्दै सुर्तीजन्य लत न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उहाँले भन्नुभयो, “उत्पादन र आयात रोक्न कठिन भए पनि उपभोग घटाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ। कर प्रणाली सुधार र जनचेतनाको माध्यमबाट मात्रै यसको प्रभावकारी नियन्त्रण सम्भव छ।”

स्वास्थ्य सचिव डा. विकास देवकोटाले पछिल्लो समय युवामाझ भेप ९खबउभ० लगायतका नयाँ सुर्तीजन्य उत्पादनको प्रयोग बढ्दै गएकाले चिन्ता व्यक्त गर्दै सामूहिक पहल आवश्यक रहेको बताउनुभयो।

यस अवसरमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्‍याउने सात जना पत्रकार तथा संस्थालाई ‘स्वास्थ्यमन्त्री ब्लुम वर्ग जनस्वास्थ्य पुरस्कार’ प्रदान गरिएको थियो।

यस वर्षको सुर्तीजन्य पदार्थरहित दिवसको नारो  ‘सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर  चिर्औँ यो मोहजाल’  रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट