नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। हाल उहाँ अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत हुनुहन्छ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै आलमको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएको हो। जेठ १६ गते बोलाइ अस्पष्ट र शारीरिक असन्तुलन देखिएपछि उहाँलाई आकस्मिक कक्षमा भर्ना गरिएको थियो। जाँचपछि मस्तिष्कघात (स्ट्रोक) पुष्टि भएसँगै तुरुन्त औषधीय उपचार सुरु गरिएको थियो।
हाल उहाँलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएका छन् र स्नायु रोग विशेषज्ञहरूको निगरानीमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ। स्वास्थ्यमा उल्लेख्य सुधार देखिए पनि थप केही दिन चिकित्सकीय निगरानी आवश्यक रहने बताइएको छ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
