नेपाल हेल्थ न्युज, काठमाडौं । अब सबै प्रकारका रोगको परीक्षण मुलुकभित्रै गर्नेगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धिमा सरकार जुटेको छ ।
नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित बृहत् स्वास्थ्य शिविरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले सो जानकारी दिनुभएको हो ।
उहाँले आफ्नो कार्यकालअघि प्रयोगशालामा जम्मा २० प्रतिशत मात्र परीक्षण हुने गरेको उल्लेख गर्दै अहिले त्यो दर बढेर ५० प्रतिशत पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगतमा अधिकांश परीक्षण विदेशमै पठाउनुपर्थ्यो। अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाएर झन्डै ५० प्रतिशत परीक्षण देशमै हुने अवस्था बनाएका छौँ।” मन्त्री पौडेलले सरकारी मात्र नभई निजी अस्पतालहरूले पनि सोही प्रयोगशालाको सेवा लिनसक्ने वातावरण बनाइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार सरकार बजेटमार्फत परीक्षण सेवा पूर्ण रूपमा स्वदेशमै उपलब्ध गराउने तयारीमा छ। उहाँले प्रयोगशालाका बिग्रिएका उपकरणहरू राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको बताए। “फालिसकेका उपकरणमध्ये ५५ प्रतिशत अब फेरि प्रयोगमा आइरहेका छन्,” उहाँले भन्नुभयो। स्वास्थ्य मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमै आवश्यक प्राविधिक पूर्वाधार निर्माण तथा उपकरण व्यवस्थापनका लागि रकम छुट्याएको बताइएको छ। यसबाट निकट भविष्यमा सबै परीक्षण नेपालमै गर्न सकिने मन्त्री पौडेलको दाबी छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
