नेपाल हेल्थ न्युज, काठमाडौं । देशभरका ६ हजार डेन्टल डाक्टरहरुको छाता संगठन नेपाल डेन्टल एशोसिएसनको १६औं नयाँ कार्यकारिणी नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा डा.अजय शाह अध्यक्षमा विजयी हुनुभएको छ। उहाँले ७८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी डा. अच्युत भट्टले ६८० मत प्राप्त गर्नुभयो ।
यसैगरी उपाध्यक्षमा डा. दिलिप प्रजापति, महासचिव डा. प्रदीप भण्डारी, कोषाध्यक्ष डा. लोकेश बर्मा, सहसचिव डा. दीपक शर्मा निर्वाचित हुनुभएको छ ।
सदस्यतर्फ डा. भुमेश काफ्ले, डा. सिरिश चन्द्र रेग्मी, डा. इशु घिमिरे, डा. संजय रञ्जित, डा. बिजिता मण्डल र डा. जुनीद हसन हुनुहुन्छ । एसोसिएसनमा २ हजार ५ सय ४७ जना सदस्य रहेका छन् । यसपटक पहिलोपटक राजधानीभन्दा बाहिर काम गर्ने डाक्टरहरुमध्येबाट एसोसिएसनको अध्यक्षतमा निर्वाचित हुने डा. शाह पहिलो हुनुहुन्छ । हाल उहाँ जनकपुरमा कार्यरत हुनुहुन्छ । हाल मुलुकमा ६ हजारको हाराहारीमा दन्त चिकित्सकहरु रहेको डा. शाहले जानकारी दिनुभयो ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
