नेपाल हेल्थ न्युज, काठमाडौं । अमेरिकाको नर्थ क्यारोलाइनामा आयोजित कार्यक्रममा डा. सन्दुक रुइतले देश र जनताको सेवामा समर्पित भए नेपालले ठूलो फड्को मार्ने धारणा व्यक्त गर्नुभयो।
हामीले देशको माटो नबिर्सी काम गर्यौँ भने नेपालले फड्को मार्ने सक्छ, भन्नुभएका डा. रुइत हाल इन्ट्राअक्युलर लेन्स परियोजना अन्तरगत अमेरिका भ्रमणमा हुनुहुन्छ। उहाँले अमेरिकाको जोन हप्किन्स र ब्राउन विश्वविद्यालयमा प्रवचन पनि दिनुभएको छ।
उहाँको ‘क्योर ब्लाइन्डनेस प्रोजेक्ट’ अन्तर्गत हेटौंडामा निर्माण भइरहेकी प्रयोगशालाका लागि करिब ८० लाख अमेरिकी डलर आवश्यक पर्ने र हालसम्म ३० लाख डलर जुटिसकेको जानकारी दिँदै बाँकी रकम संसारभर रहेका नेपाली समुदायबाट सहयोगको अपेक्षा गर्नुभएको छ।
सोही कार्यक्रममा नर्थ क्यारोलाइनामा बसोबास गर्दै आएका नेपालीहरूले करिब ३० हजार डलर सहयोग गरेका छन् भने, डिन्डु लामाले व्यक्तिगत रूपमा ७,७७७ डलर योगदान गर्नुभएको छ। लामाले भन्नुभयो, अरूलाई दृष्टि दिन सक्ने कार्यमा सहयोग गर्नु जीवनको सबैभन्दा ठूलो धर्म हो।
कार्यक्रममा डा. रुइतले आफूले झण्डै १ लाख ८० हजार मानिसको आँखाको ज्योति फर्काएको उल्लेख गर्दै, युवा पुस्तालाई संस्कार र मूल्य जगेर्ना गर्न आह्वान गर्नुभयो।
कार्यक्रममा डा. रुइतलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो र एनसीएनसीको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो।
अन्त्यमा, डा. रुइतबाट दृष्टि पाएका एक सहभागी आभा उपाध्यायले जीवन फेरिएको अनुभव सेयर गर्दै गहभरि आँखा पारेर धन्यवाद दिनुभयो।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
