नेपाल हेल्थ न्युज, काठमाडौं । नेकपा एमालेनिकट स्वास्थ्यकर्मीहरूको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको नयाँ नेतृत्व चयन चुनावमार्फत हुने दिशामा अघि बढेको छ। शनिबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महासंघको पाँचौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिनसम्म पनि सहमतिको प्रयास जारी रहे पनि ठोस समझदारी बन्न सकेको छैन।
महासंघका निवर्तमान महासचिव डा. सन्तोष पौडेलका अनुसार नेतृत्व चयनबारे सहमतिका लागि छलफलहरू भईरहेका छन्, तर उम्मेदवारी दर्ता प्रक्रिया भने औपचारिक रूपमा सुरु भइसकेको छैन। अध्यक्ष मण्डलले पदका आकांक्षीहरूबाट दाबीपत्र मागेको छ, जसअनुसार विभिन्न पदका लागि नेताहरूले दाबी प्रस्तुत गरिसकेका छन्।
अध्यक्षमा ५ जना आकांक्षी
महासंघको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष डा. झलक गौतमसहित रामहरि ढकाल, जगत नेपाली, भीमराज सिंह र त्रिलोकचन्द्र गुरुङले दाबी गरेका छन्।
उपाध्यक्षमा चर्किएको प्रतिस्पर्धा
खुला उपाध्यक्ष पदका लागि डा. सन्तोष पौडेल र पुष्पराज खनाल प्रतिस्पर्धामा छन्।
महिला उपाध्यक्षमा रूपा केसी, शारदा खनाल र अन्जु बस्नेतले दाबी पेस गरेका छन्।
महासचिव र उपमहासचिवमा पनि प्रतिस्पर्धा
महासचिव पदका लागि निवर्तमान उपमहासचिव अमृता बराल र अर्का नेता मदन ओली प्रतिस्पर्धामा छन्। एक उपमहासचिव पदमा अनुप केसी र खगराज पोखरेलले दाबी गरेका छन्।
सचिवमा ९ जनाको दाबी
चारवटा सचिव पदका लागि ९ जनाले उम्मेदवारीको दाबी गरेका छन्। दावेदारहरूमा प्रशान्त आचार्य, सिद्ध ढुंगाना, चन्द्र सुनार, प्रकाश सेवा, धर्मेन्द्र यादव, सुशील शाही, कुरान अलि ठकुराइ, हरिलाल आचार्य र राजकुमार पौडेल छन्। महाधिवेशनको समापन नजिकिंदै जाँदा उम्मेदवारहरूको औपचारिक मनोनयन र अन्तिम प्रतिस्पर्धा तय हुने अपेक्षा गरिएको छ। सहमतिको प्रयास सफल नभए उम्मेदवारहरूबीच मतदानबाट नेतृत्व चयन हुने निश्चितजस्तै देखिएको छ।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
