नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय चिकित्सक संघ, नेपालका नयाँ केन्द्रीय समिति सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार र छात्रवृत्तिमा सहुलियत ऋणको माग राखेका छन्। अध्यक्ष प्रा डा. विकास गौचनले संघले अघि सारेका आठ वटा मुख्य बुँदा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको थियो।
संघका प्रवक्ता डा. अरुण उप्रेतीका अनुसार, सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई थप अध्ययन र लोकसेवा परीक्षामा सहभागी हुन दिने विषयमा पनि छलफल भएको छ। प्रधानमन्त्री ओलीले संघका प्रस्तावमा सहमति जनाउँदै चिकित्सकहरूको विकास र स्वास्थ्य सेवाको सुलभताका लागि यस्ता नीतिहरू आवश्यक भएको बताउनुभयो।
बैठकमा नव निर्वाचित महासचिव डा. सम्राट पराजुलीले निजी मेडिकल कलेजका आवासीय चिकित्सकको भत्ता सम्बन्धी प्रधानमन्त्रीको अडानको प्रशंसा गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले आवासीय चिकित्सकहरू पूर्णकालीन पेशेवर भएको स्वीकार्दै न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो।
बैठकमा राष्ट्रिय चिकित्सक संघका पूर्वअध्यक्ष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपतिसहित अन्य पदाधिकारीहरूको पनि सहभागी थियो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
