नेपाल हेल्थ न्युज, विराटनगर । मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा जीवन विकास समाजको नेतृत्वमा २ अर्ब रुपैयाँको लगानीमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसन निर्माण सम्पन्न भई सेवा सुरु गरिएको छ।
पत्रकार सम्मेलनमार्फत संस्थाका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी गराउँदै अस्पताल जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने बताउनुभयो। २०० बेड क्षमताको यस अत्याधुनिक अस्पतालले सर्वसाधारणलाई सहज मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य राखेको छ।
वि.सं. २०५४ मा स्थापना भएको जीवन विकास समाजले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी लगायतका क्षेत्रमा ग्रामीण तथा कमजोर वर्गलाई केन्द्रमा राखेर सेवा दिँदै आएको छ।
यस अस्पतालमा आकस्मिक सेवा, विशेषज्ञ ओपीडी, पेनलेस डेलिभरी, डायलासिस, आईसियु, एनआईसियु, सिसियु, ल्याब, नाक-कान-घाँटी तथा आँखा जाँच जस्ता सेवा उपलब्ध छन्। करिब २०० स्वास्थ्यकर्मी परिचालन गरिएको अस्पतालले आगामी दिनमा मेडिकल कलेज सञ्चालन गर्ने योजना समेत राखेको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
