नेपाल हेल्थ न्युज, हुम्ला । नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमी क्षेत्रस्थित तील गाउँमा जेठ १ गते राति गएको पहिरोपछि औषधी र खोपको अभाव भएको थियो। काठे पुल बगाएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको र यस्तो अवस्थामा स्वास्थ्य सेवा पु¥याउन निकै चुनौतीपूर्ण बनेको थियो।
स्वास्थ्यकर्मीहरूको टोलीले स्थानीय बासिन्दाको सहयोगमा तील खोलामा जोखिम मोलेर औषधी र खोप पुर्याएको छ। खोला पार गर्न कुनै पुल नभएपछि टोलीका सदस्यहरू खोलाको दुई किनारामा बसेर औषधी र खोपका सामग्रीलाई तार वा अन्य साधनको प्रयोग गरेर सुरक्षित रूपमा पार गराएका थिए।
स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाका अनुसार, जसोतसो खोलाबाट सामाग्री सारेर गाउँभित्र पु¥याएपछि दुई बालबालिकालाई नियमित खोप लगाइएको र अन्य सबै बासिन्दाको स्वास्थ्य परीक्षण गरिएको हो।
त्यसपछि टोलीले गाउँमा महामारी नियन्त्रण, सरसफाइ, स्वच्छ खानेपानी, पोषण तथा मानसिक स्वास्थ्यबारे परामर्शसमेत दिएको थियो। साथै, स्थानीयहरूको पोषण अवस्थाको लेखाजोखा गरिएको र आवश्यक सुझावहरू प्रदान गरिएको थियो।
यस्तो विषम परिस्थितिमा पनि स्वास्थ्यकर्मीहरूले देखाएको समर्पण र सहयोगप्रति गाउँलेहरू आभार व्यक्त गरिरहेका छन्।गोरखापत्र
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
