नेपाल हेल्थ न्युज, वीरगञ्ज । भारतमा कोभिड–१९ संक्रमण फेरि बढ्न थालेपछि नेपाल–भारत सीमामा सतर्कता अपनाइएको छ। विशेषगरी वीरगञ्ज नाकामा स्वास्थ्य जाँच कडा पारिएको हो।
पर्सा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको निर्णयअनुसार जेठ १५ गतेदेखि वीरगञ्ज हुँदै नेपाल प्रवेश गर्ने यात्रुको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले हेल्थ डेस्कको निरीक्षण गर्दै संक्रमण रोक्न नाकामा विशेष सतर्कता आवश्यक रहेको बताउनुभयो।
महानगरका अनुसार हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम जाँचका उपकरण राखिएका छन् भने सात जना स्वास्थ्यकर्मी खटिएका छन्। स्वास्थ्यकर्मी इब्राना खातुनका अनुसार रक्सौल हुँदै आउने सबै यात्रुको तापक्रम नापिने व्यवस्था मिलाइएको छ।रासस
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
