नेपाल हेल्थ न्युज, वीरगञ्ज । भारतमा कोभिड–१९ संक्रमण फेरि बढ्न थालेपछि नेपाल–भारत सीमामा सतर्कता अपनाइएको छ। विशेषगरी वीरगञ्ज नाकामा स्वास्थ्य जाँच कडा पारिएको हो।
पर्सा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको निर्णयअनुसार जेठ १५ गतेदेखि वीरगञ्ज हुँदै नेपाल प्रवेश गर्ने यात्रुको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले हेल्थ डेस्कको निरीक्षण गर्दै संक्रमण रोक्न नाकामा विशेष सतर्कता आवश्यक रहेको बताउनुभयो।
महानगरका अनुसार हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम जाँचका उपकरण राखिएका छन् भने सात जना स्वास्थ्यकर्मी खटिएका छन्। स्वास्थ्यकर्मी इब्राना खातुनका अनुसार रक्सौल हुँदै आउने सबै यात्रुको तापक्रम नापिने व्यवस्था मिलाइएको छ।रासस
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
