नेपाल हेलथ न्युज, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ सय शैयाको नयाँ अस्पताल भवन निर्माणको तयारी सुरु भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यसका लागि ७० करोड रुपैयाँ विनियोजन गरेसँगै निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने भएको हो।
गत वर्षको बाँकी १७ करोड रकम जोड्दा प्रतिष्ठानसँग हाल ८७ करोड रुपैयाँको बजेट उपलब्ध रहेको छ। भवन निर्माणको कुल अनुमानित लागत ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।
प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै बजेट सीमाभित्र उक्त रकम छुट्याएको हो। आवश्यक स्वीकृति प्रक्रिया पूरा गरी आगामी साउन महिनाभित्रै टेन्डर आह्वान गर्ने योजना रहेको लम्सालले जानकारी दिनुभयो। निर्माण कार्य ट्राफिक चोकस्थित करिब दुई बिघा जग्गामा सुरु हुनेछ।
हाल प्रतिष्ठानमा एमबिबिएस, बीएससी नर्सिङ, बीएनएस लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। हालको ३२२ शैयाको अस्पतालमा विद्यार्थीहरूले व्यवहारिक अभ्यास गरिरहेका छन्, तर ४ सय बेडको अस्पताल आवश्यक रहेको बताइएको छ।
विशेषज्ञ सेवा अन्तर्गत प्रतिष्ठानले फिजिसियन, सर्जरी, प्रसूति, बालरोग, मानसिक रोग, छाला, हाडजोर्नी लगायतका सेवा दिइरहेको छ। आगामी वर्षदेखि मुटु रोगसम्बन्धी सेवा पनि सुरु गर्ने तयारी रहेको छ।
शैक्षिक पक्षमा पनि विस्तार गर्दै प्रतिष्ठानले २०८२/०८३ बाट बीएमएलटी, बीएमआईटी, बीपीएच र बिअप्टोमेट्री जस्ता चारवटा नयाँ स्नातक कार्यक्रम सुरु गर्ने योजना बनाएको छ। हाल करिब २०० विद्यार्थी अध्ययनरत छन्।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

