नेपाल हेल्थ न्युज, पश्चिम । नवलपरासीको बर्दघाट नगरपालिका–१४ स्थित चौपत्ता अस्पताल (शहीद स्मृति सामुदायिक अस्पताल) अब धुलिखेल अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालनमा ल्याउने तयारी भएको छ। विशेषगरी मिर्गौला रोगीहरूका लागि डायलाइसिस सेवा सञ्चालन मुख्य प्राथमिकता हुनेछ।
समझदारीअनुसार, सेवा विस्तार पाँच चरणमा हुनेछ। पहिलो चरणमा नगरका सबै स्वास्थ्य संस्थालाई समन्वय गर्दै एकीकृत योजना लागू गरिनेछ। दोस्रो चरणमा डायलाइसिस केन्द्र स्थापना हुनेछ। तेस्रो चरणमा नियमित स्वास्थ्य शिविर र टेलिमेडिसिन सेवा प्रदान गरिनेछ। चौथो चरणमा स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिइनेछ भने अन्तिम चरणमा आधुनिक उपकरणसहित सेवा स्तरवृद्धि गरिनेछ।
धुलिखेल अस्पतालले प्राविधिक सहयोग निःशुल्क प्रदान गर्नेछ भने बर्दघाट नगरपालिकाले टोलीको आवास, यात्रा र खानपानको जिम्मा लिनेछ।
समझदारीपत्र २०८४ सालको अन्त्य (जुन २०२७) सम्म रहनेछ । सो सहकार्यका लागि पश्चिम नवलपरासीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरी र बर्दघाट नगरपालिकाको पहलमा धुलिखेल अस्पतालसँग सहकार्य भएको हो ।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
