नेपाल हेल्थ न्युज, काठमाडौं । महिनावारी व्यवस्थापनका लागि आवश्यक सामग्रीमा लाग्ने कर हटाउन नेपाल चिकित्सक संघले सरकारलाई आग्रह गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै स्यानिटरी प्याड, महिनावारी कप, ट्याम्पोनजस्ता सामग्रीमा अहिले लागू रहेको १३ प्रतिशत कर हटाइ स्वदेशमै यस्ता सामग्री उत्पादन गरेर आत्मनिर्भरता कायम गर्न सरकारले तत्काल पहल गर्नुपर्ने उल्लेख गरेको छ।
संघले सरकारको यस विषयमा ध्यान नदिएको भन्दै आलोचना गरेको छ। विज्ञप्तिमा भनिएको छ, “महिनावारीजस्ता संवेदनशील विषयमा सरकारको निष्क्रियता र आवश्यक सामग्रीमा कर लगाइनुका कारण धेरै महिला अझै पनि उचित सरसफाइका सामग्री प्रयोग गर्न सक्दैनन्, जसको प्रत्यक्ष असर उनीहरूको स्वास्थ्यमा पर्छ।”
संघको धारणा अनुसार, महिनावारी व्यवस्थापन सहज र सुलभ बनाउनु सरकारको उत्तरदायित्व हो। तर, महिलाको दैनिक आवश्यकताका सामग्रीमा कर लगाउने निर्णयले उनीहरूको स्वास्थ्य र मर्यादामा नकारात्मक प्रभाव पार्ने देखिएको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
