नेपाल हेल्थ न्युज, काठमाडौं । भारतमा कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेपछि नेपाल सरकारले सीमा क्षेत्रमा निगरानी बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, छिमेकी मुलुकमा देखिएको संक्रमणले १५ दिनभित्र नेपालमा असर पार्ने विगतका अनुभवका आधारमा अहिले नै पूर्वतयारी सुरु गरिएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतसँग जोडिएका स्थल र हवाई नाकामा हेल्थ डेस्क सक्रिय छन्। संक्रमितको पहिचानका लागि आरडीटी परीक्षण भइरहेको छ भने पोजेटिभ वा नेगेटिभ जे देखिए पनि एक हप्ता सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिएको छ।
यसका साथै, मनसुन सुरु भएसँगै झाडापखाला, टाइफाइड, डेंगु जस्ता रोगहरूको जोखिम बढ्ने भएकाले ती संक्रमण रोक्न समेत विशेष योजना बनाइएको प्रवक्ताको भनाइ छ।
देशभरका हब र स्याटेलाइट अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ। आकस्मिक अवस्थाका लागि तत्काल प्रतिक्रिया दिन सक्ने टोली तयार छन्। स्वास्थ्य मन्त्रालयले आवश्यक औषधि, जनशक्ति र लजिस्टिक सामग्रीहरू पनि विभिन्न तहमा भण्डारण गरिसकेको जनाएको छ।
डा. बुढाथोकीले जनस्वास्थ्य सुरक्षाका लागि आम नागरिक पनि सतर्क रहनुपर्नेमा जोड दिनुभयो। सरकारको प्रयास मात्र पर्याप्त हुँदैन, नागरिकको सहयोगले मात्रै हामी संक्रमण र मनसुनी रोगहरूलाई नियन्त्रण गर्न सक्छौं, उहाँले भन्नुभयो। न्युज एजेन्सी नेपाल
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
