नेपाल हेल्थ न्युज, काठमाडौं । भारतमा कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेपछि नेपाल सरकारले सीमा क्षेत्रमा निगरानी बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, छिमेकी मुलुकमा देखिएको संक्रमणले १५ दिनभित्र नेपालमा असर पार्ने विगतका अनुभवका आधारमा अहिले नै पूर्वतयारी सुरु गरिएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतसँग जोडिएका स्थल र हवाई नाकामा हेल्थ डेस्क सक्रिय छन्। संक्रमितको पहिचानका लागि आरडीटी परीक्षण भइरहेको छ भने पोजेटिभ वा नेगेटिभ जे देखिए पनि एक हप्ता सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिएको छ।
यसका साथै, मनसुन सुरु भएसँगै झाडापखाला, टाइफाइड, डेंगु जस्ता रोगहरूको जोखिम बढ्ने भएकाले ती संक्रमण रोक्न समेत विशेष योजना बनाइएको प्रवक्ताको भनाइ छ।
देशभरका हब र स्याटेलाइट अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ। आकस्मिक अवस्थाका लागि तत्काल प्रतिक्रिया दिन सक्ने टोली तयार छन्। स्वास्थ्य मन्त्रालयले आवश्यक औषधि, जनशक्ति र लजिस्टिक सामग्रीहरू पनि विभिन्न तहमा भण्डारण गरिसकेको जनाएको छ।
डा. बुढाथोकीले जनस्वास्थ्य सुरक्षाका लागि आम नागरिक पनि सतर्क रहनुपर्नेमा जोड दिनुभयो। सरकारको प्रयास मात्र पर्याप्त हुँदैन, नागरिकको सहयोगले मात्रै हामी संक्रमण र मनसुनी रोगहरूलाई नियन्त्रण गर्न सक्छौं, उहाँले भन्नुभयो। न्युज एजेन्सी नेपाल
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
