नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमा पहिलो पटक सफलतापूर्वक लिङ्ग परिवर्तन सम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ।
जनकपुरमा बसोबास गर्ने २५ वर्षीया ट्रान्सजेन्डर व्यक्तिमा पुरुषको लिङ्गका तन्तुहरूको प्रयोग गरी महिलाको प्रजनन अंगको निर्माण गरिएको अस्पतालले जनाएको छ।
यो प्रक्रिया प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजना गरेका विभिन्न शल्यक्रियाहरूको भाग थियो। त्यस्तै समयमा अनुहार सुधार र स्तनको शल्यक्रिया पनि गरिएको थियो।
अस्पतालका प्रवक्ता र सहप्राध्यापक गोपाल सेढाईंले भन्नुभयो, “यस प्रकारको संवेदनशील र जटिल उपचार अब नेपालमै सहज उपलब्ध हुँदा, विदेशमा उपचार गराउनु पर्ने बाध्यता हटेको छ। यसले पारलैङ्गिक समुदायलाई आफ्नो पहिचानअनुसार जीवन बिताउन महत्वपूर्ण सहयोग पुर्याउनेछ।”
यो शल्यक्रियामा विदेशी विशेषज्ञ डा. एलिजा हामिडियन जाह्रोमीको नेतृत्वमा प्लास्टिक सर्जरी विभागका प्रमुख प्रा. जयनमान श्रेष्ठ र समग्र सर्जरी टोलीले भूमिका निर्वाह गरेका थिए।
डा. श्रेष्ठले जानकारी दिए अनुसार, त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापनाको तयारी भईरहेको छ र यस प्रकारका सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछन् उहाँले भन्नुभयो।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
