नेपाल हेल्थ न्युज, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा स्वास्थ्य लाभ लिइरहनुभएको छ।
अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसैयाका अनुसार वैद्यलाई जेठ १५ गतेदेखि आईसीयूमा राखिएको हो। उहाँलाई पुरानै दमको समस्या पुनः बल्झिएको कारणले अस्पतालमा भर्ना गरिएको हो।
उपचारमा संलग्न चिकित्सकका अनुसार वैद्यको अक्सिजनको मात्रा स्थिर नरहने भएपछि गहन उपचारको आवश्यकता परेको हो। यसअघि पनि गत पुस महिनामा दमकै समस्याका कारण उहाँलाई एक महिना शिक्षण अस्पतालमै राखेर उपचार गरिएको थियो।
अस्पतालका प्रवक्ता तथा सह–प्राध्यापक गोपाल सेडाईंका अनुसार, नेता वैद्यको हाल पल्मोनोलोजी तथा क्रिटिकल केयर विभागमार्फत उपचार भइरहेको छ। उहाँले दमसँगै छातीसम्बन्धी सङ्क्रमणसमेत देखिएको बताउनुभएको छ। हाल वैद्यको स्वास्थ्य अवस्थाबारे चिकित्सक टोली सतर्कतापूर्वक निगरानी गरिरहेको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
