नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालको संयुक्त आयोजनामा नेपालका अस्पतालमा बोर्ड नेतृत्व विकास विषयक एक दिवसीय कार्यशाला सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्नुभएको थियो। उहाँले सरकारी अस्पतालमा व्यवस्थापन पक्ष कमजोर भएको स्वीकार्दै, व्यवस्थापकीय संरचनालाई पुनर्संरचना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले क्यान्सर, मुटु, मिर्गौला रोग विशेषज्ञको अभावले सातै प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन कठिन भएको बताउनुभयो।
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका अध्यक्ष महेन्द्र राज भुसालले व्यवस्थापन पक्षलाई ऐन अनुसार सुदृढ गर्न सकिने उल्लेख गर्दै ५० शय्याभन्दा बढीका अस्पतालमा व्यवस्थापक अनिवार्य गर्नुपर्ने बताउनुभयो। अफिनका अध्यक्ष डा. पदम खड्काले सेवा गुणस्तरीकरणका लागि बोर्ड र म्यानेजमेन्टको संयोजन आवश्यक भएको जोड दिनुभयो।
कार्यशालाका प्रमुख प्रशिक्षक डा. बच्चु कैलास कैनीले अस्पताल सञ्चालनमा बोर्डको रणनीतिक भूमिका रहेको र अस्पताल व्यवस्थापन गर्न १६ प्रमुख पक्षहरूमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले ब्रिटेनको उदाहरण दिँदै व्यवस्थापन र नेतृत्वमा दक्ष जनशक्तिको खाँचो नेपालमा रहेको औंल्याउनुभयो।
कार्यक्रममा कानुनविद् सृजना अधिकारीले स्वास्थ्य सेवा सम्वन्धी कानुनहरू, र चार्टर्ड एकाउन्टेन्ट समीर घिमिरेले अस्पताल व्यवसायको वित्तीय समस्याहरूमा प्रस्तुति दिनुभएको थिए।
कार्यक्रमको दोस्रो सत्रमा सहभागीहरूलाई समूहमा बाँडेर अस्पताल सञ्चालनमा देखा पर्ने समस्याहरूको समाधानबारे समूहगत छलफल गरियो।
कार्यशालाको उद्देश्य सार्वजनिक तथा निजी स्वास्थ्य संस्थाका संचालक र म्यानेजरहरूको रणनीतिक नेतृत्व क्षमता अभिवृद्धि गर्नु रहेको थियो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
