नेपाल हेल्थ न्युज, काठमाडौं । अबदेखि सरकारी अस्पतालहरूमा शल्यक्रिया, प्रत्यारोपण तथा हड्डी र मुटु सम्बन्धी उपचारमा आवश्यक सामग्री सरकारी फार्मेसीमै उपलब्ध गराइनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो व्यवस्था नयाँ आर्थिक वर्षदेखि लागू गर्ने निर्णय गर्नुभएको हो।
हालसम्म अस्पतालभित्रै निजी व्यवसायीमार्फत ती सामग्री महँगोमा बेचेको गुनासोहरू आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो। सरकारी फार्मेसीमा ती सामग्री उपलब्ध नहुँदा बिरामी र परिवारजनले बजारबाट महँगो मूल्यमा किन्नुपर्ने बाध्यता थियो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अबदेखि अस्पतालभित्रैको फार्मेसीमा आवश्यक सामग्री राख्ने तथा मूल्य सबै बिरामीले देख्न सक्ने स्थानमा प्रस्ट रुपमा टाँस्ने व्यवस्था हुनेछ। यसका लागि मन्त्रालयले सचिवस्तरीय निर्णयमार्फत सबै सम्बन्धित अस्पतालहरूलाई परिपत्र गरिसकेको छ।
त्यसैगरी, कुनै नयाँ उपकरण वा सामग्री आवश्यक परेमा त्यसको अधिकृत वितरक, निर्माता कम्पनी तथा मूल्य विवरणसहित बिरामीलाई जानकारी गराई मात्र उपलब्ध गराउने व्यवस्था पनि अनिवार्य गरिएको छ।
मन्त्रालयले बिरामीहरूबाट अत्यधिक मूल्य असुल्ने कार्य रोक्न अस्पतालहरूलाई सजग रहन तथा यस्ता गुनासो नआउने वातावरण बनाउन निर्देशन दिएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
