नेपाल हेल्थ न्युज, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकको माग तीव्र बन्दै गएको र त्यसअनुसार सेवा विस्तार गर्नु जरुरी रहेको बताउनुभएको छ।
पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले दिवंगत संस्थापक तीर्थरत्न बज्राचार्यको २२औँ स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले देशका धेरैजसो ग्रामीण तथा विकट क्षेत्रमा अझै दन्त स्वास्थ्य सेवा नपुगेको उल्लेख गर्नुभयो।
“त्यस्ता क्षेत्रमा दन्त चिकित्सकहरूको खाँचो ठूलो छ,” उहाँले भन्नुभयो, “सरकार सेवा विस्तारका कार्यक्रमहरू अघि बढाउने तयारीमा छ।” मन्त्री यादवले बज्राचार्यको योगदानलाई स्मरण गर्दै नेपाली दन्त शिक्षा प्रणालीको आधार निर्माणमा उहाँको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
त्यसै अवसरमा जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले दन्त स्वास्थ्यका बारेमा जनचेतना अभिवृद्धि गर्नुका साथै ग्रामीण भेगमा सेवा पुर्याउन सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कलेजका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले एमबिबिएस कार्यक्रम सञ्चालनको सम्पूर्ण तयारी भए पनि आवश्यक अनुमति नपाएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयोे।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
