नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहको अतिरिक्त सचिवको पदमा दुई जना अधिकृतको बढुवा गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. केशर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई उक्त पदमा पदोन्नति गर्ने निर्णय गरेको हो।
बढुवा सिफारिस समितिले तीन जनाको नाम अगाडि सारेकोमा ढकाल र श्रेष्ठलाई छनोट गरिएको हो। तेस्रो स्थानमा रहेकी डा. सुधा देवकोटा पनि अतिरिक्त सचिव पदका लागि सिफारिसमा परेकी थिइन्, तर यसपटक उनी बढुवामा परिनन्।
मन्त्रिपरिषद् स्रोतका अनुसार, उक्त निर्णय सिफारिसको आधारमा गरिएको हो र मन्त्रालयभित्र रिक्त पद पूर्तिका लागि आवश्यक प्रक्रिया अन्तर्गत बढुवा गरिएको हो।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
