नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई औषधिको मूल्य निर्धारण र समायोजनसम्बन्धी सुझाव प्रतिवेदन हस्तान्तरण गरिएको छ। औषधिको मूल्य उचित बनाउन गठित सुझाव समितिका संयोजक डा. पोषराज पाण्डेले आज मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझाउनुभएको हो।
मन्त्री पौडेलले औषधिको मूल्य सम्बन्धी गहिरो अध्ययन विगतमा नगरेको र कतिपय औषधिमा मूल्य अत्यधिक रहेको पाइएको भन्दै, समायोजनको आवश्यकता महसुस भएपछि समिति गठन गरिएको बताउनुभयो।
नागरिकले उचित मूल्यमा गुणस्तरीय औषधि पाउने वातावरण बनाउने हाम्रो प्राथमिकता हो, मन्त्री पौडेलले भन्नुभयो। उहाँले प्रतिवेदनलाई पेशागत, व्यवसायिक तथा प्रक्रियागत रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समितिले क्षेत्रगत आधार, औषधिको प्रकृति (नियमनमा परेका, आयातित, अत्यावश्यक, नियमनबाहिर रहेका आदि) का आधारमा वर्गीकरण गरेर मूल्य समायोजन गर्न सुझाव दिएको छ। साथै, जेनेरिक औषधिको मूल्य निर्धारण सम्बन्धमा पनि स्पष्ट मार्गनिर्देशन गरिएको छ।
स्वास्थ्य सचिव डिल्लीराम शर्माले प्रतिवेदन कार्यान्वयनमा लैजान अध्ययन भइरहेको बताउनुभयो। समितिले मूल्य समायोजनको लागि मन्त्रालयमा छुट्टै मूल्य निर्धारण इकाइ र समायोजन समिति बनाउने सुझाव समेत दिएको छ।
समितिले हरेक दुई वर्षमा मूल्य पुनरावलोकन गर्ने सिफारिस पनि गरेको छ। संयोजक डा. पाण्डेले प्रतिवेदन छिमेकी मुलुकहरूको अभ्यास, विज्ञको सुझाव, तथा सरोकारवालासँगको परामर्शका आधारमा तयार गरिएको जानकारी दिनुभयो।
मन्त्री पौडेलले नागरिकलाई सुसूचित राख्दै औषधिको मूल्य पारदर्शी, वैज्ञानिक र समयसापेक्ष बनाउने स्पष्ट संकेत दिनुभएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

